काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतमा ओलीको रिट न्यायाधीश मेघराज पोखरेल र लेखकको कुमार रेग्मीको इजलासमा परेको छ । ओलीको हकमा पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधाले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा लिएको भन्दै रिटमा उनीहरूलाई छाड्न माग गरिएको छ ।
जेन-जी आन्दोलनमा हेलचेक्रयाइँ गरेको भन्दै गौरी आयोगको सिफारिसको आधारमा ज्यानसम्बन्धी कसुरमा प्रहरीले २ नेतालाई शनिबार बिहान पक्राउ गरेको थियो । हिजो काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।










प्रतिक्रिया