देउवा निवास भत्काउनमा राेक

काठमाडौं । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास भत्काउने काममा राेक लगाईएकाे छरोकिछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल आफैं स्थलमा पुगेर निर्देशन दिएपछि प्रक्रिया स्थगित गरिएको हो । 

देउवामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान जारी रहेको छ ।  देउवा सचिवालयका अनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि काम रोकिएको हो । यस्तो निर्णय किन लिइयो भन्नेबारे स्पष्ट जानकारी नभएको जनाएको छ । 

‘काठमाडौं जिल्लाका सीडीओ आफैँ उपस्थित भएर काम रोक्न निर्देशन दिनुभएको जानकारी आएको छ,’ देउवाको सचिवालयले भन्यो, ‘अहिले काम रोकिएको छ । त्यस्तो निर्देशन किन भयो भन्ने हामीलाई जानकारी छैन ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान केही समयअघिदेखि नै भइरहेको पुष्टि गरेको छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अनुसन्धान चलिरहेको छ । 

तर आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले त्यस्तो निर्देशन जारी नगरेको विभागले स्पष्ट पारेको छ ।