ओलीलाई पक्राउ गर्न प्रहरी परिचालन, उठ्ने बित्तिकै पक्राउ गर्ने तयारी

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोलीलाई भक्तपुर प्रहरीका विभिन्न युनिटले मदत गरिरहेका छन् । उनीहरू मध्यरातबाटै ओली निवास गुण्डुमा छन् ।

प्रहरीस्रोतका अनुसार पक्राउ गर्ने टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ छ । उठ्नेबित्तिकै नियन्त्रणमा लिइने भएको छ ।

उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरीस्रोतले जनाएको छ ।

प्रहरी आOजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको छ । आदेशानुसार प्रहरी परिचालित भएको हो ।