पूर्व गृहमन्त्री लेखक पक्राउ

भक्तपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँतर्फ लगेको भक्तपुर प्रहरीस्रोतले जनाएको छ ।