बालेनलाई देखाए हर्कले अर्काे माया

काठमाडौं । भावी प्रधानमन्त्री बालेन शाह संसदमा शपथ लिन पुग्दा ‘सिलाम साक्मा’ लगाएर गएका छन् । उक्त ‘सिलाम साक्मा’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले लगाइदिएका थिए।

२०७९ चैत २१ मा दुई नेताबीच पहिलो भेट भएको थियो । सोही भेटमा साम्पाङले शाहलाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए । त्यसपछि पनि उनीहरूबीच भेट भयो तर, पछिल्लो समय दुईको सम्बन्धमा उतारचढाव देखिँदै आएको छ .

गत फागुन २१ मा चिर्वाचन सम्पन्न भएपछि पनि उनीहरू सामाजिक सञ्जालमा चर्चामा आए । फागुन २४ मा शाहले साम्पाङप्रति ‘सधैँ माया रहने’ प्रतिक्रिया दिएका थिए ।

सुनसरी–१ जितेपछि साम्पाङले फेसबुक स्टाटसमार्फत बालेनलाई कटाक्ष गरेका थिए । त्यसको जवाफमा शाहले ‘माया रहने’ भन्दै कमेन्ट गरेका हुन् ।

चुनावका क्रममा शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवार बनाइएको थियो। यसबीच पनि शाहले साम्पाङप्रति सकारात्मक प्रतिक्रिया दिँदै आएका छन्।

यसअघि जेनजी आन्दोलनको बेला पनि बालेनले साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा दिएका थिए । जेनजी आन्दोलनपछि साम्पाङले फेसबुकमार्फत निरन्तर बालेनलक्षित स्टाटस पोस्ट गर्दै आएका थिए ।

त्यसको कमेन्टमा बालेनले लेखेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो…।’