जनकपुरधाम । सिरहा जिल्ला अदालतअगाडि आज बम विस्फोट भएको छ ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाले बताए । बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।
अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।










प्रतिक्रिया