माेदीले गरे रवि र बालेनलाई फाेन, सहकार्य गरेर अघि बढ्ने चाहना

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गर्दै उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन ।

प्रधानमन्त्री मोदीले रास्वपाको चुनावी सफलतालाई उल्लेख गर्दै उक्त विजयलाई महत्वपूर्ण उपलब्धि बताएका छन्। साथै, उनले वार्ताका क्रममा लामिछाने र शाहलाई आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले भारत सरकार नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्दै दुवै देशको समृद्धि, प्रगति र जनताको हितका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन ।

यस्तै, उनले नेपालसँगको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने भारतको चाहना रहेको पनि व्यक्त गरेका छन्।