भक्तपुर -१ बाट रास्वपा उम्मेद्वार रन्जित निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार उनले ३३,४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेकपा माकपा)का प्रेम सुवालले २८,१४७ मत पाउँदै पराजित भएका छन्।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका किरण न्यौपानेले ४,२८२ मत पाएका छन् भने नेकपा (एमाले)का सोम प्रसाद मिश्रले ३,७२१ मत प्राप्त गरेका छन्। यसअघि नेमकिपाका सुवालले निरन्तर जित हासिल गर्दै आएका थिए।