काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाे हाे ।
मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा चुनाव प्रचार प्रसार गर्न वा भोट माग्न पाइने छैन । रातिदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र उम्मेदवारले आज मतदाता रिझाउन अन्तिम कसरत गर्दै छन् ।
निर्वाचन आयोगका अनुसार मौन अवधि आज देखि सुरु भएर मतदानको नसकिएसम्म लागू हुनेछ । निर्वाचनसम्बन्धी कानुनमा मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघिबाट मौन अवधि सुरु हुने व्यवस्था रहेकाे छ ।
मौन अवधिमा के गर्ने के नगर्ने ?
(१) निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।
(२) मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने।
(३) एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक
संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
(४) उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने।
(५) उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने










प्रतिक्रिया