काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् ।
हिजाे (बुधबार) राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष) मा देखिनुभएको थियो,’ स्रोतले भन्यो, ‘अरु २–३ जना पनि साथमै देखिन्थे ।’
प्रतिनिधिसभाकाे निर्वाचन आउनु एक हप्ताअघि नै उनी सिंगापुर उड्नुलाई राजनीतिक वृत्तमा अनेक शंकाले हेरिएकाे छ । चुनाब प्रचारमा नगई उनी सिंगापुर उडेका हुन् ।
देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाे बताएको छ ।









प्रतिक्रिया