बस दुर्घटनाप्रति ओलीले गरे दु:ख व्यक्त

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली दिँदै गर्दै उनीहरूका परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

ओलीले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको बस गएराती धादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा यात्रु घाइते भएका छन् ।

दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष ओलीले लेखेका छन्, ‘पोखराबाट काठमाडौंतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना ।’