काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा काठमाडौं विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिन लागेको हो । कार्यक्रम १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी गराएका छन् ।
घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ । सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको एमालेले जनाएको छ । आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रमहरू सार्वजनिक गरिने एमालेले जनाएको छ ।










प्रतिक्रिया