मकवानपुरमा बिहानै शंकास्पद वस्तु फेला

काठमाडौँ । आज बिहानै हेटौँडा उपमहानगरपालिका वडा न १६ स्थित चिसापानी चोकमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएकाे छ । जसका कारण स्थानीय त्रसित भएका छन् ।

बिहानै चिसापानी बजारमा निस्किएका स्थानीयले शंकास्पद बस्तु भेटेपछि सुरक्षा निकायलाई खबर गरेको स्थानीय राजेश वाग्लेले बताए ।

अहिले घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ ।