काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न १ः १५ बजे सिंहदरबारस्थित सभाको हलमा बस्ने भएको हो ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हाल्दै आएकी प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूचीसमेत छ ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछिन् ।
त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत छ ।










प्रतिक्रिया