प्रचण्डले दिए रास्वपालाई यस्ताे चुनाैती

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले आफूहरुलाई नयाँ भनेकाेमा चुनाैती दिएका छन् । उनले रास्वपापछि आफूहरु नयाँ दलकाे रुपमा उदाएकाे भन्दै रास्वपालाई नयाँ दल मान्न नसकिने समेत बताए ।

उनले अहिलेसम्म २५ वटा घटकलाई एकताबद्ध गराइसकेको बताएका छन् ।

नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै देशका अधिकांश क्षेत्रमा नेकपाले चुनाव जित्ने वातावरण बन्दै गइरहेको बताए।

उनले नेकपा पहिलो पार्टी बन्ने सम्भावना देखिएको जिकिर गरे। उनले रास्वपालाई लक्षित गर्दै नयाँ भन्नेहरूसँग कुनै विचार, सिद्धान्त नभएको बताए ।

उनले भने, ‘नयाँ र पुरानोको कुरा गरेका छन् के हो नयाँ ? नयाँ र पुरानोको निधो विचार र एजेन्डाले गर्छ, गणतन्त्र भन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ देशमा ? नयाँ भनेको गणतन्त्र हो, त्यसैले सबैभन्दा नयाँ नेकपा छ। सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ? नयाँ भनिनेहरूको सङ्घीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ मुद्दा छ ?’

उनले नेकपालाई पुरानै कित्तामा राखेको भन्दै सबैभन्दा पुरानो रास्वपा नै भएको जिकिर गरे।

उनले थपे, ‘तपाईँहरू उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? त्यसैले हामी भन्छौँ नयाँ हामी हो, गणतन्त्र र सङ्घीयता भन्दा नयाँ अरू केही छ। देशको नेतृत्व अब हामीले गर्ने हो भन्ने आत्मसाथका साथ भन्न सक्नुपर्छ।’