अदालत चुप लागेर बस्न मिल्दैन : ओली

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना वा निर्वाचनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अविलम्ब फैसला गर्नुपर्ने बताएका छन् ।

आज एमाले ओखलढुङ्गा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा बोल्दै ओलीले संसद् विघटन र निर्वाचन मिति तोकिएको विषयलाई लिएर अदालतमा परेको निवेदनप्रति अदालत मौन बस्न नमिल्ने धारणा राखेका हुन् ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि देशलाई संवैधानिक सङ्कटतर्फ धकेलिएको आरोप लगाउँदै उनले असंवैधानिक ढङ्गले सरकार गठन गरी संसद् विघटन गरिएको दाबी गरे ।

यस्तो अवस्थामा अदालतले बोल्नैपर्ने भन्दै ओलीले भने, ‘यत्रो संवैधानिक संकटमा अदालत चुप लागेर बस्न मिल्दैन । चुनाव गर्ने कि संसद पुनर्स्थापना गर्ने भन्ने विषयमा फैसला गर्नुपर्छ ।’