बालेनकाे घरकाे गेट फुटायाे, चाेरीकाे आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको घरमा तोडफोड भएको छ।

गएराति अज्ञात समूहले बालेन शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले शाहको घरको गेटमा ग्रील फुटाइएको पाइएको जानकारी दिए।

घरमा कोही नबस्ने भएकाले चोरीको आशंका छ।

‘घरमा कोही नभएको र गेट पनि फुटेको देखिएकाले चोरीको आंशका गरिएको हो। सामानहरू हराएको भन्ने उजुरी आएको छैन,’ डिएसपी बुढाथोकीले सेतोपाटीसँग भने।