एकाबिहानै आमाछाेराकाे हत्या

काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । आज बिहान ३ बजेतिर धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

मण्डल थरका परिवारका ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोराको हत्या भएको बताइएको छ । बारा प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन् र उनीहरुको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।