सामाजिक संजालमा स्टन्टबाज गरेर दिमाग चाट्ने काम भैरहेको छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संजालमा स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम भैरहेको बताएका छन् । यसका लागि सबै एकताबद्ध हुनु आवश्यक रहेको समेत उनले बताएका छन् ।

उनले आफ्ना पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वान समेत गरेका छन्।

आज क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अब पनि एक्ला एक्लै हिँडेर नहुने बताएका छन्।

उनले भने, ‘राष्ट्रलाई माया गर्ने, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प छैन।’

उनले मोहन वैद्य किरणलाई पनि नेकपामै सामेल हुन आग्रह गरे। उनले राजनीतिमा सिद्धान्त र विचारको खडेरी परेको बताए।