एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि रास्वपा र एमाले कार्यकर्ताबीच झडप

विराटननर । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।

अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ‌ओलीविरुद्ध नाराबाजी गरेका थिए ।