काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपाका नेताहरु यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन्।
हिजाे काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए ।
जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।










प्रतिक्रिया