काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिर दर्शन गरेका छन् ।
रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको जनसभालाई सम्बोधन गर्न हिजो साँझ जनकपुर पुगेका शाहले आज बिहानै पूर्वसांसद डा.अमरेश सिंहसँगै जानकी मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरेका हुन्।
सिंह रास्वपाले आज गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’मै पार्टी प्रवेश गर्ने तयारीमा छन् । सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाहसहितले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभाअघि बालेन मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्न सिराहाको लहान जाने कार्यक्रम छ । मधेश आन्दोलनको क्रममा सहिद भएकाहरूको स्मृतिमा हरेक वर्ष माघ ५ गते मधेसमा बलिदानी दिवस मनाइन्छ । रास्वपा प्रवेशपछि पनि कतै नबोलेका बालेनले आज पहिलोपटक मधेशमा रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्नेछन् ।










प्रतिक्रिया