शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रयसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो ।

बोहराको गत पुस ३० गते निधन भएको थियो । वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर उनले राजनीतिक जीवन सुरु गरेका उनी भिमदत्त पन्त र वि.पी.कोइरालाबाट प्रभावित भई राजनीतिक यात्रा सुरू गरेका थिए । पाँच वर्ष जेल जीवन बिताएका उनी कञ्चनपुर काँग्रेसको संस्थापक नेता पनि हुन् ।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएर काम गरे । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार भए ।

२०७० सालमा संविधान सभा सदस्य भएर उनले संसवधान निर्माणमा समेत भूमिका खेले । त्यसबेला उनले प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरेका थिए ।

उनै बोहोराको निधनमा आइतबार राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको हो ।