राष्ट्रियसभाकाे अधिवेशन सुरु हुँदै

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

यसअघि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि सिंहदरबारबाट सञ्चालन गर्न लागिएको हो।

अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।