निर्वाचन आयाेगकाे निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएका छन्। आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी सबै उपाय अपनाएर प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय भएको बताउँदै उनले आइतबार नै सर्वोच्च अदालत जाने तयारी भइरहेको पनि बताए।