संस्थापन पक्षले गरे गगन – विस्वप्रकाश समूहमाथि कारबाही

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा पाँच वर्षका लागि कारबाही गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पार्टी नियम विपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशन पक्षधरलाई आफ्नो भूमिकामा फर्किन चेतावनी समेत दिएको छ ।

महामन्त्रीद्वयले पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै आह्वान गरेका थिए । तर, सहभागी केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । थापा र शर्मा उक्त निर्णयसँग असहमत थिए ।

उनीहरूले बन्द सत्रको निर्णय अन्तिम हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए । पार्टी विभाजन रोक्न विभिन्न चरणमा नेताहरू छलफलमा बसे पनि समाधान निकाल्न सकिएको थिएन ।

सोही प्रक्रियाअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ।