काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ ।
दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकता सभा हुने भएको हो । सायमीले राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गरेर नेकपासँग एकता गर्न लागेका हुन् ।
सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनले नेकपासँग एकता गर्न लागेका हुन् । सायमी २०७९ को स्थानीय र प्रतिनिधिसभा निर्वाचन लडेका थिए । तर दुबै निर्वाचनमा पराजित भए ।
पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएर वरिष्ठ उपाध्यक्ष बनेका उनले पार्टीबाट विद्रोह गरेर नेकपासँग एकता गर्न लागेका हुन् ।
आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका सायमी नेपाली कम्युनिस्ट पार्टीबाट अगाडि बढ्न खोजेका हुन् ।









प्रतिक्रिया