काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । अहिले बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन तथा पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने सचिव भानुभक्त ढकालले जानकारी दिए ।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा बोलाइएको छ ।










प्रतिक्रिया