काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनबीच मध्यरातसम्म भएकाे भेटवार्ताले राजनीतिमा नयाँ तरंग उत्पन्न गराएकाे छ ।
हिजाे उनीहरुबीच करिब पाँच घण्टा छलफल भएकाे थियाे । उनीहरुले भेटपछि एउटै गाडी सियर गरेर बनहिरिएका समेत थिए । जसका कारण पनि उनीहरुबीच महत्वपूर्ण सहमति भएकाे भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेकाे हाे ।
खासमा उनीहरुबीच के-के कुरा भयाे भन्ने विषय बाहिर नआएपनि आगामी फागुन २१ काे निर्वाचनमै केन्द्रित भएर कुराकानी भएकाे आंकलन गरिएकाे छ ।










प्रतिक्रिया