एमालेकाे नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैन ।सर्वसम्मत हुने वातावरण नबनेपछि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन गर्ने तयारी गरेको छ । भृकुटीमण्डपमै निर्वाचन हुने छ ।

अध्यक्ष पदमै सहमति नभएपछि अन्य पदमा पनि नेतृत्व दाबी गर्नेहरु बढेका हुन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी पर्दा अन्य पदहरुमा पनि दुवै प्यानलका तर्फबाट उम्मेदवारी परेको छ ।

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको बताए । २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन् ।