काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्दै छन् ।
एमालेले यही २७–२९ मंसिरमा पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा ओलीले सम्पादकहरूसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार यो संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ ।
महाधिवेशनबारे नेताहरूले विभिन्न कार्यक्रम तथा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरिरहेका बेला ओलीले सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् ।










प्रतिक्रिया