काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।
देउवाले संस्थापन पक्षीय नेताहरूलाई सो निर्देशन दिएका हुन् ।
२१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई आज महाराजगञ्जस्थित निवासमा बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
देउवाले निर्देशन दिएसँगै नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए ।
यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज समापन भयो ।










प्रतिक्रिया