नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी सर्यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको बैठक आइतबारलाई सारिएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक सारेर मङ्सिर १४ गते आइतबार दिउँसो २ बजे बस्नेतरी बोलाइएको जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थिति हुन पार्टीले निर्देशन दिएको छ ।

नेपाली कांग्रेसमा पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयलाई लिएर विवाद छ । जसकारण लामो समयदेखि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न सकिरहेको छैन ।