नेपालका प्रथम नाटककार पहलमानसिंह स्वाँरकाे १४८ औँ जन्मजयन्तीको अवसरमा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीद्वारा आयोजित श्रद्धाञ्जली तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रम साहित्य समाजका उपाध्यक्ष श्री रूपा स्वाँरको संयोजकत्व तथा समापतित्वमा भएको र कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध देउडा गायक तथा पूर्व प्राज्ञ श्री यज्ञराज उपाध्याय रहेका थिए भने स्वागत मन्तव्य साहित्य समाजका अध्यक्ष श्री रामलाल जोशीले दिएका थिए ।
विशिष्ट अतिथिमा श्रेष्ठ प्रिया पत्थर, पूर्व प्राज्ञ वासुदेव पाण्डे, साहित्यकार हेमन्ती जोशी, पदमराज जोशी तथा डिल्लीराज फुलारा थिए ।नाटककार स्वाँरको कृतित्व तथा व्यक्तित्व उपर साहित्यकार तथा सह प्राध्यापक गणेशराज जोशीले प्रकाश पारेका थिए ।कार्यक्रममा केही कविहरूले कविता वाचन समेत गरेका थिए भने कार्यक्रमको सहजकर्तामा समाजका उपाध्यक्ष प्री टोपेन्द्र शाह रसिक थिए ।










प्रतिक्रिया