नेपाली कयुनिष्ट पार्टीले चुनावमा बहुमत ल्याउने रावलको दाबी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावल चुनावमा आफूहरुले चुनावमा बहुमत ल्याउने बताएका छन् । त्यसकै लागि पनि आफूहरू ताजा जनादेशमा जान तयार रहेको समेत बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आज आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफल कार्यक्रममा बोल्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ र समर्थन लिएर बहुमतसहित स्थापित भएर राज्य सञ्चालन गर्ने विश्वास व्यक्त गरे । यसका लागि अन्तरिम सरकारले सुरक्षा सुनिश्चित गर्नुपर्ने रावलले बताए ।

धनगढी छलफलमा रावलले मतदाताले स्वतन्त्र र भयरहित रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए । उनले भने, ’सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन् । कयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन ।’

नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा आयोजना गर्न लागेको र त्यसैका लागि तयारी छलफल कार्यक्रम गरिएको बताईएको छ ।