काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सुरक्षा अब नेसनल भोलेन्टियर फोर्सले गर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै उनले यस्तो बताएका हुन् अध्यक्ष ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले उक्त फोर्समार्फत देश र जनताको सुरक्षा गर्ने बताए। उनले सो फोर्स राष्ट्रिय हितमा समर्पित हुने भएकाले यसबाट कोही पनि आत्तिनुनपर्ने बताए।
ओलीले भने,‘एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमति राख्नेहरूको पनि जीउधन र अधिकारको रक्षा गर्न यो गठन भएको हो। त्यसकारण यसको अस्तित्व र विकाससँग कोही पनि तर्सिनु पर्दैन। राज्यको संयन्त्रले मात्रै राज्य र जनताको जीउधन र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो।’
अध्यक्ष ओलीले सो फोर्सले राष्ट्रिय हितको क्षेत्रमा काम गर्ने समेत पटक पटक दोहोर्याए।










प्रतिक्रिया