एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै

काठमाडौँ । नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्सको घोषणा गर्ने भएको छ । आज बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर नेसनल भोलेन्टियर फोर्स गठन गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । यसबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आएको भएपनि त्यसबारे विचाराधीन नै रहेको बताएका छन्।