प्रधानमन्त्री कार्कीले सरकारकाे कामबारे आज ब्रिफिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर आज सरकारका कामबारे जानकारी दिने भएकी छन् ।

दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।