गाेली प्रहारबाट बाबा छाेरा घाइते

सिरहा । डाँका समूहको गोली प्रहारबाट बाबु–छोरा घाइते भएका छन् ।

गाेली प्रहारबाट सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका प्रहरीले जनाएको हाे ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेश बहादुर पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

दुवै जनालाई छातीमा गोली लागेको छ। उनीहरू दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको डीएसपी पालले बताए ।