एमालेले नेसनल भाेलेन्टियरफाेर्स घाेषणा गर्दै

काठमाडौं ।नेकपा एमालेले ‘नेसनल भोलेन्टिएर फोर्स’ घोषणा गर्ने भएको छ ।

यही मंसिर ५ गते बिहान ११ काठमाडौंको माइतीघर मण्डलामा ‘नेसनल भोलेन्टिएर फोर्स’ केन्द्रीय कमाण्ड घोषणा गर्ने एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए ।

बस्नेतले सामाजिक सञ्जालमा ब्यानरसहित यसबारे जानकारी दिएका छन् । दिएको जानकारीअनुसार यही मंसिर ५ गते ‘नेसनल भोलेन्टिएर्स फोर्स’ केन्द्रीय कमान्ड घोषणा गर्न लागिएको हो।

बस्नेत ‘नेसनल भोलेन्टिएर्स फोर्स’ गठनका लागि गठित कार्यदलका संयोजकसमेत हुन् ।

जेनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय र नेताहरूमाथि सुरक्षा चुनौती बढिरहेको बेला यस्तो युवा दस्ता तयार गरेको हो ।
यसअघि माओवादी शान्ति प्रक्रियामा आइसकेपछ वाईसीएलसँग जुझ्न एमालेले लडाकु दस्ता युथफोर्स बनाएको थियो ।

एमालेका जनवर्गीय संगठनको सूचीमा ‘नेसनल भोलेन्टिएर्स फोर्स’ पनि थपिने भएको हो।

यसअघि युवा, विद्यार्थी, महिलालगायत २३ जनवर्गीय संगठन रहेको एमालेमा अब यसको संख्या २४ पुग्ने भएको छ।