सुरक्षा समितिकाे बैठक बस्दै

काठमाडौं । गृह मन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत उपस्थित हुनेछन् ।