शान्ता चाैधरीकाे अचार पसलमा आगलागी

सुर्खेत । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सुर्खेतको वीरेन्द्रनगरमा खोलेको अचार पसलमा आगलागी भएको छ।

तीनदिन अघिमात्रै उद्घाटन गरिएको उक्त पसलमा आज बिहान करिब ३ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ।

शान्ता चौधरी शुक्रबार आफैँ आएर सुर्खेतको वीरेन्द्रनगर–६ सुपरमार्केटमा अचार पसल सञ्चालन गरेकी थिइन्।

पसलमा आगलागी भएपछि नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन्।

उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

यस्तै, शान्त चौधरीको पसलसँगै एमाले सुर्खेत जिल्ला कमिटी सदस्यको फेन्सी पसलमा पनि आगजनी भएको छ। यी आगलागीका घटना शंकास्पद हुनेसक्ने नेतृ शान्ताले बताइन्। तर, प्रहरीले आगो उद्योगबाटै लागेको अनुमान गरेको छ।

आगजनीबाट ३० लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको अनुमान प्रहरीको छ।