आफूहरुको माग पूरा नभए चुनाव हुन दिन्नौः सुधन गुरुङ

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले आफूहरूको माग पूरा नभएसम्म चुनाव हुन नदिने दोहोर्‍याएका छन् ।

आज मतदाता नामावली संकलनबारे बुझ्न निर्वाचन आयोग पुगेका गुरुङले जेनजी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको बताए ।

आफू कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले बताए ।