दज्र्यानी चिन्ह लगाएपछि आइजीपी कार्की किन रोए धुरुधुरु ?

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्की द्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्नेक्रममा भक्कानिएका छन् ।

आज गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिन्ह तथा सुशोभित कार्यक्रममा गृह सचिवबाट दज्र्यानी चिन्ह लगाएपछि सम्बोधन गर्ने क्रममा सुरुमै उनको गला अवरुद्ध भयो । वीर गति प्राप्त गरेका अमर प्रहरीलाई सम्झिएर उनी केही बेर स्तब्ध र भावुक बनेका हुन् ।

सम्बोधनको सुरुमै ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि अड्किए । अगाडि रहेको टिस्यु पेपरले आँखा र नाक पुछेपछि उनी अनि फेरि बोल्न सुरु गरेका थिए ।

‘महानिरीक्षकको दज्र्यानी चिन्हबाट सुशोभित हुँदै गर्दा राष्ट्र र नागरिकको सेवाको क्रममा वीर गति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीप्रति श्रद्धान्जली अर्पण गर्दछु । साथै कर्तव्य पालनको क्रममा वीर गति प्राप्त सम्पूर्ण प्रहरीको अतुलनीय योगदानको स्मरण गर्दै सेवा निवृत हुनुभएका प्रहरीहरूको सहज जीवनयापनको कामना गर्दछु’, कार्कीले भने ।