काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनार्दन शर्मा र घनश्याम भूसालबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ ।
आज बिहान विप्लव निवास हरिसिद्धिमा भएको भेटपछि तीन नेताबीच मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्ने सहमति भएको हो ।
नेता भुसालले मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्नेगरी सहकार्यलाई विस्तार गर्दै लैजान तयार भएको बताए । यद्यपी त्यसलाई एकीकरण भन्ने भ्रम भने पाल्न नहुने उनले बताए ।
नेता भूसालले आफूहरूबीच विगतमा पनि सहकार्य भएको भन्दै थप समीक्षा गरिने बताए । बैठकमा भएका छलफलका विषयलाई समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँदैछ ।
शर्मा र भूसाल आज बिहानै हरिसिद्धीस्थित विप्लवनिवास पुगेर मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यलगायतका विषयमा छलफल गरेका थिए ।










प्रतिक्रिया