काठमाडौं । नेपाली राजनीतिमा नयाँ शक्तिको रुपमा उदाएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन दिएको छ । । विभिन्न १० वाम दल र समूहको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।
हिजो मात्रै एकता घोषणा गरेको उक्त पार्टीले आज आयोगमा निवेदन दर्ता गरेर नयाँ पार्टीले चुनावी मैदानमा होमिन आफू तयार रहेको संकेत दिएको हो । साविकका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख वाम घटकहरू एक भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेका हुन् ।
नवगठित पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ निर्धारण गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘नेपाली कम्युनिस्ट पार्टी’ को दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले कात्तिक ३० भित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने प्रावधान छ ।










प्रतिक्रिया