कटारी ।उदयपुरको कटारी – ३ हडैयाको सामुदायिक बनमा मृत निलगाई फेला परेको छ ।
सब डिभिजन बन कार्यालय कटारी अन्तर्गतको पालुवाटार सामुदायिक बनको मदनिया जङ्गलमा मृत निल गाई फेला परेको भनेर सो सामुदायिक बनका अध्यक्ष दुर्गाप्रसाद बाँस्तोलाले जानकारी दिएको डिभिजन बन कार्यालयका योजना शाखा प्रमुख तथा सुचना अधिकारी हिरालाल शर्माले जानकारी दिए ।
अध्यक्ष बाँस्तोलाको जानकारीपछी डिभिजन बनले निलगाईको लाश जाँचबुझ र मुचुल्का उठाईएको सुचना अधिकारी शर्माले जानकारी दिए ।
शर्माका अनुसार मृत निलगाईको टाउको , पुच्छर , बायाँ आँखा फुटेको , खुट्टाहरूमा चोट लागेको अबस्थामा भेटिएको मुचुल्कामा उल्लेख छ ।
यसैबिच सब डिभिजन बन कार्यालय प्रमुख डेफो अनरूद्व साहले रैथाने निलगाई अस्तित्वमा नरहेको बताएकाछन् ।
डेफो साहले भारतको बिहारबाट भित्रिएका निल गाईको समूहले किसानलाई दुख दिने गरेको बताए ।
उनले भने – ‘ भारतबाट समूहमा नेपाल आउने निलगाईहरू यतै बच्चा जन्माउने र छोडिने गरेको , कतिपय अबस्थामा घाईते हुने र यतै मर्ने गरेको छ । ‘
कटारी क्षेत्रमा बन्यजन्तुको खासै समस्या नरहेको पनि उनले जानकारी दिए ।










प्रतिक्रिया