आजदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालय खुल्ने भएकाे छ । कार्यालय समय चाहिँ अलि छाेट्याईएकाे छ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।