काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री जेनजीले माग गरेकाे नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको मागमा ऐक्यवद्धता जनाएकी छन् ।
पार्टीमा आवद्ध ५२६ जेनजी युवाले जारी गरेको वक्तव्यलाई सेयर गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी हुन् ।
उनले लेखेकी छन्, ‘विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो (जेनजी) विद्रोह अरूले हाइज्याक गरे । तपाईंहरूको प्रयास ठीक छ । मिल्नेहरू जोडिदै जान्छन, नमिल्नेहरू छोडिदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडि बढ्नुस मेरो सधैँ साथ र धेरै शुभकामना छ ।’
जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ । राजनीतिक दलका युवा विद्यार्थी संगठनहरू समाजमा प्रभावहिन भएकै कारण जेनजी पुस्ताले ठाउँ लिएर संघर्ष सुरू गरेको झाँक्रीको भनाई छ ।










प्रतिक्रिया