दुई मन्त्रीले लिए सपथ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच आज नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

आज ४ जना मन्त्रीको शपथ गराउने तयारी भए पनि दुई जनाको शपथ रोकिएको थियो। खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री सिफारिस गरिएको भए पनि अन्तिम समयमा उनीहरूको नाम रोकिएको थियो।

गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन् । कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।